भ्रामक खबर रोक्न फेसबुकले फर्दैछ ट्रेन्डिङ लिस्ट

काठमाडौं, माघ,२९ सामाजिक सञ्जाल फेसबुकमा विभिन्न झूटा खबरहरु फैलाउनेहरुको जगजगी बढिरहेको छ । पुष्टि नगरिएका र गलत नियतले सम्प्रेषण गरिएका अनाधिकारिक समाचारबारे फेसबुकले किन प्रतिक्रिया नदिएको होला ? प्रयोगकर्ताहरुको गुनासो रहने गरेको थियो ।

तर, यस्ता फर्जी खबरहरुलाई रोक्नको लागि फेसबुकले पहिलो कदम उठाउने भएको छ । फेसबुकले सबैभन्दा पहिले आफ्नो ट्रेन्डिंग खबरको सेक्सनमा महत्वपूर्ण परिवर्तन गर्दैछ । यो परिवर्तनसँगै फर्जी खबरहरु उक्त ठाउँमा देखिने छैनन् ।
फेसबुकको ट्रेंडिग फिचरमा त्यस्ता समाचारहरु देखिने गरेका छन्, यो अहिले सबैभन्दा बढी चर्चित छन् । तर अब यो फर्म्याट फेरिँदैछ ।

अब यो ट्रेंडिंग लिस्टमा केवल शिर्षकहरु मात्र देखिनेछन्, जसमा विश्वस्नीय मिडिया हाउसले प्रकाशन गरेको समाचार मात्र देखिनेछन् । फेसबुकले ट्रेंडिंग लिस्ट २०१४ मा लञ्च गरेको थियो । यसपछि फेसबुकले फर्जी खबरहरु दिएको आरोप लागेको थियो ।

यसपछि फेसबुकमा ट्रेंडिंग आइटम्समा अटोमेडेट प्रणाली लागू हुनेछ । यसले सबैभन्दा बढी बढी ध्यानाकर्षण गर्ने कन्टेन्ट देखिनेछन् । तर अब यस्तो प्रणाली पनि बदलेर फेसबुकले यसको ठाउँमा विश्वस्नीय सामम्री मात्र देखाउनेछ । यसको अर्थ ट्रेंडिंग लिस्टमा अब विश्वस्नीय स्रोतबाट आएको समाचार मात्र देखिनेछ न कि धेरै ध्यानाकर्षण गर्ने खबर ।
-एजेन्सीहरुको सहयोगमा