झुटो खबरलाई फैलिन नदिने तयारीमा फेसबुक, जुकरबर्गले दिए यस्तो जानकारी

एजेन्सी,मंसिर १०-फेसबुकमा शेयर हुने फेक (झुटो) खबरबारे फेसबुक कति जिम्मेवार हुने ? यस विषयमा पछिल्लो समय निकै बहस चलिरहेको छ । आलोचना तिब्र भएपछि फेसबुकका सिईओ मार्क जुकरबर्गले भने, ‘हामी खबर बनाउने बिजनेस गर्दैनौँ । प्रयोगकर्ताहरुले जुन विषयमा चर्चा गर्छन्, फेसबुक त्यसैलाई रिफ्लेक्ट गर्छ ।’

facebookयसैक्रममा शुक्रबार जुकरबर्गले भनेका छन्, ‘फेक न्यूज फेसबुकमा फैलिनबाट रोक्न अब केही स्टेप चालिने छ ।’

अमेरिकी चुनावका दौरान राष्ट्रपति  बाराक ओबामाले राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प (जो अहिले राष्ट्रपति चुनइसकेका छन्) को पक्षमा यस्तै झुटो समाचारहरुबाट प्रोपोगाण्डा फैलाइएको आरोप लगाए । त्यतिबेला पनि फेसबुकले काफी आलोचना झेल्नुपर्‍यो ।

अति भएपछि जुकरबर्ग फेक न्यूज फेसबुकमा भाइरल हुनबाट रोक्ने उपाय खोज्ने निष्कर्षमा पुगेका छन् ।

आफ्नो पोस्टमा जुकरबर्गले लेखेका छन्, ‘झुटा खबरहरुलाई हामी गम्भीरतापूर्वक लिन्छौँ । यस समस्या समाधानका लागि हामीले लामो समयदेखि काम गर्दै आएका छौँ । केही सफलता पनि हात लागेको छ, अझै धेरै गर्न बाँकी छ ।’

उनले अघि लेखेका छन्, ‘हामी मानिसलाई आफ्नो कुरा राख्न दिने कुरामा विश्वास राख्छौँ ।  त्यसै कारण हामीले उनीहरुले जहिले चाहन्छन्, जहिले सम्भव हुन्छ त्यति नै बेला आफ्नो मनको कुरा शेयर गर्ने छुट दिएका हौँ ।’

यसै पोस्टमार्फ जुकरबर्गले फेक न्यूजमाथि लगाम लगाउन पहल भइरहेको र आफ्नो टिमले धेरै काम गरिसकेको जानकारीसमेत दिएका छन् ।