अब फेसबुकले नै सूचना दिनेछ सित्तैमा चलाउन सकिने वाईफाईबारे

 
काठमाडौ,मंसिर १०-

free-wifi-spotएजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ । फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ ।

यानिकी अब तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने खालको छ कि छैन ।

फेसबुकले यस्तो फिचर परीक्षणमा रहेको पुष्टिसमेत गरिसकेको छ । यद्यपी यो सुविधा अहिले केही देशमा मात्र दिइएको छ । परीक्षण सफल भएको खण्डमा फेसबुकका सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हाम्रा प्रयोगकर्तालाई आफ्नो साथी र नातेदारहरुसँग जोडिइराख्न मद्दत गर्ने उद्देश्यले हामी नयाँ फिचरको परीक्षणमा छौँ, यसले आसपासको ओपन वाईफाईबारे जानकारी दिनेछ ।’

फेसबुकको मेन्युमा Enable Find Wi-Fi अप्सन राखिएको छ । यसलाई प्रयोगकर्ताले मेनुअल्ली नै अन-अफ गर्न सक्नेछन् । हाललाई यो सेवा छानिएका केही मुलुकका आइफोनका प्रयोगकर्ताका लागि मात्र दिइएको छ । परीक्षण सफल भएपछि यो सबैका लागि उपलब्ध हुनेछ ।

एजेन्सी .