आकाशमा उड्ने भयो फेसबुकको ड्रोन, प्रयोगकर्तालाई गज्जबको सुविधा

एजेन्सी । फेसबुकले दावी गरेको छ कि उसले सोलार पावर ड्रोन एक्विलाको सफल परीक्षण गरेको छ । यसको मद्दतले फेसबुकले संसारभर इन्टरनेट कनेक्टिभिटी बढाउन सक्नेछ ।

Facebook Drown

फेसबुकका अनुसार सो ड्रोन २८ जुनका दिन १००० फिटको उचाइमा ९६ मिनेटसम्म उडाइएको थियो । यसका मालिक मार्क जुकरबर्ग स्वयमले एक पोष्टको माध्यमाबाट यस्तो  जानकारी दिएका हुन् ।

के पाउँछन् प्रयोगकर्ताले ?

फेसबुकले यसलाई ६० हजार फिटको उचाइमा निरन्तर तीन महिनासम्म उडाउन सक्ने अपेक्षा राखेको छ । यसले आफू रहेको क्षेत्रका प्रयोगकर्ताहरुलाई इन्टरनेट उपलब्ध गराउनेछ ।

हालसम्म हाई अल्टिच्यूड बेलुनको माध्यमबाट दूर-दराजका इलाकामा इन्टरनेट सर्भिस दिइँदै आएको छ । यदि फेसबुकको यो प्रयोग सफल भएमा अब यस्ता क्षेत्रमा ड्रोनले इन्टरनेट उपलब्ध गराउनेछ ।

फेसबुकका इञ्जिनियरिङ डाइरेक्टर तथा कनेक्टिभिटी ल्याबका हेड येल मागुरी भन्छन्, ‘एक्विलाको पहिलो फ्लाइटलाई लिएर हामी काफी रोमाञ्चित थियौँ । यसको उडान र निर्माणका विषयमा कैयन चुनौतीहरु थिए, जसको हामीले समाधान खोज्नु पर्ने थियो । अपेक्षा छ, आगामी दिनमा हामीले यसलाई सेवाको रुपमा उपलब्ध गराउन सक्नेछौँ ।’

स्मरणरहोस् यो मार्क जुकरबर्गको ड्रिम प्रोजेक्ट हो । दक्षिण एसिया पनि जुकरबर्गको प्लानको एक हिँस्सा हो । उनले यस क्षेत्रमा पनि ड्रोनमार्फत इन्टरनेट उपलब्ध गराउने तयारी गरेका छन् । दक्षिण एसियामा पनि भारतीय बजार उनको प्लानको महत्वपूर्ण हिँस्सा हो ।

copyRight by 2016