संसारलाई नै हल्लाइदिने यी १० व्यक्ति र विचार

मानव इतिहासमा कैयौं घटनाहरु घटेका छन् र हरेक घटनापछाडि कुनै कुनै विचार वा दर्शन रहेको पाइन्छ । चाहे प्राचीन सभ्यतामा होस् चाहे आधुनिक सभ्यतामा होस् विचार वा दर्शनले मानव समाजलाई अगाडि बढाउन मुख्य भूमिका खेलेको छ । त्यसैले यहाँ हामी समाज तथा इतिहासको बाटो नै परिवर्तन गर्ने १० विचारबारे चर्चा गर्न गइरहेका छौं ।

१. प्लेटोको दर्शन
प्लेटो प्राचीन ग्रीक दार्शनिक हुन् । हरेक मानिस पूर्ण हुन चाहन्छ र यस प्रकारको पूर्णताका लागि दर्शन नै मुख्य हो भन्ने उनको विचार रहेको थियो । यसका लागि नयाँ खालको अनुशासनको आवश्यकता रहेको प्लेटोको विश्वास रहेको थियो । हाम्रो भित्री मनलाई शान्त पार्न सकियो भने खुशी तथा पूर्णता स्वतः आउने प्लेटोको दर्शन र न्याय तथा सदगुण मानिसको आत्मामा रहेको हुन्छ र यसलाई खोजेपछि समाजमा न्याय र सद्गुण दुवै स्थापित हुन्छ भन्ने प्लेटोनिक दर्शनले नीतिशास्त्र तथा धर्ममा निकै प्रभाव पारेको पाइन्छ । विशेषगरी क्रिश्चियन धर्मको विकासमा यसले निकै ठूलो भूमिका खेलेको थियो ।

२. ब्रम्हाण्डसम्बन्धी कपर्निकसको सिन्द्धान्त
ग्यालिलियो तथा कपर्निकस भन्दा २ हजार वर्ष पहिला नै ग्रीक खगोलविद एरिस्टारकुसले पृथ्वीले सूर्यलाई घुम्छ भनेका थिए । तर कपर्निकस प्रमाणसहित पृथ्वीले सूर्यको कक्षमा घुम्छ भनेर सावित गर्ने पहिलो व्यक्ति हुन् । उनको यो विचारले खगोल विज्ञानलाई नयाँ दिशा दिएको थियो । कपर्निकसले नै सूर्यको स्थान तथा वृहस्पतिका उपग्रहबारे पत्ता लगाएका थिए । मिल्की वे वा आकाश गंगा प्रकाश मात्रै नभएर कैयौं ताराहरुको समूह हो भनेर पत्ता लगाउने पनि कपर्निकस नै थिए ।

३. काटेर्सियन तर्कवाद
‘मैले विचार गर्ने भएको हुनाले नै मेरो अस्तित्व छ’ भनेर घोषणा गर्दै रेने डिकार्टेले मानिस विचारशील हो भन्ने कुरालाई दर्शनको केन्द्रमा ल्याएका थिए । तर्क वा विचारलाई पदार्थ भन्दा महत्वपूर्ण मान्ने उनले मानव कनससनेस वा चेतनालाई महत्वपूर्ण मान्थे । यही भएर उनलाई आधुनिक दर्शनका पिता पनि भन्ने गरिन्छ । चेतना तथा विचारलाई पदार्थ वा प्राकृतिक विज्ञानभन्दा बाहिर राखेर उनले मानव मनोविज्ञानलाई अध्ययन गर्ने एउटा ढोका खोलिदिएका कारण उनको अहिलेपनि चर्चा हुने गर्दछ ।

४.न्युटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त
प्रकृतिका हरेक पक्षलाई बुझ्नका लागि गणितलाई प्रयोग गर्न सकिन्छ भन्ने न्युटनले प्रमाणित गरेका थिए । यतिमात्रै होइन सम्पूर्ण ब्रम्हाण्डलाई नै गणितीय नियम लगाएर बुझ्न सकिन्छ भन्ने उनलेका सिद्धान्तले ग्रह, ग्रहण तथा गतिलाई बुझ्न सजिलो भएको छ । गुरुत्वाकर्षणमा आधारित भएर नै अहिले अन्तरीक्षमा यान वा रकेट प्रक्षेपण गर्न सकिएको हो ।

५. एडम स्मिथको अर्थशास्त्र
एडम स्मिथलाई अर्थशास्त्रका पिता भनिन्छ । आफ्नो नीजि स्वार्थपूर्ति गर्ने कार्यमा संलग्न हुँदा एउटा व्यक्तिले समग्र मानिसलाई नै हीत हुने काम गर्दछ भन्ने उनको सिद्धान्तले पूँजिवादलाई नयाँ आयाम दिएको थियो । राज्य भन्दा पनि व्यक्तिको नीजि आर्थिक क्रियाकलापले आम कल्याण हुने भन्ने उनको सिद्धान्तले अर्थतन्त्रमा क्रान्ति नै ल्याएको थियो । परोपकारी तानाशाहले भन्दा बजारले सबैको हीत गर्ने भन्ने उनको विचारले आधुनिक विश्व बजारलाई जन्म दिएका हो भन्दा गलत हुदैन । अहिले उनको यो विचार पूर्ण नभएतापनि यसले पँुजिवादको विकासलाई बुझ्न भने सहयोग गर्दछ ।

६. महिला मुक्तिसम्बन्धी म्यारी वोल्सटनक्र्याफ्टको विचार
सन् १७९२ मा प्रकाशित भएको म्यारी वोल्सटनक्र्याफ्टको भिन्डिकेशन अफ द राइट्स अफ विमिन( महिला अधिकारको सार्थकता) भन्ने कितावले महिला मुक्तिको नयाँ बाटो खोलिदिएको थियो । क्रान्तिकारी विचार, मुक्ति तथा स्वतन्त्रताको हरेक क्षणमा महिलाले महत्पपूर्ण भुमिका खेलेका छन् भन्ने कुरालाई यो कितावले स्पष्ट पार्न खोजेको थियो । तर समाजले महिलालाई निश्चित घेरामा राखेको प्रति वोल्सटनक्र्याफ्टको आलोचनात्मक दृष्टिकोण रहेको थियो । पुरुषवादी धारणा तथा व्याख्याहरुले महिलालाई सहायक र दोश्रो दर्जाको नागरिक बताएको उनको विचार रहेको थियो । महिलाले पनि पुरुषका झै स्वतन्त्र जीवन रोज्नुपर्ने उनको भनाईले युरोपेली समाजमा हलचल नै ल्याएको थियो । कतिले उनको यस्तो विचारलाई घातक पनि भनेका थिए । सन् १९६० को दशकमा मात्रै वोल्सटनक्र्याफ्टको विचारलाई नारी मुक्तिको केन्द्रमा राखिएको थियो ।

७. पुँजिवाद विरोधी कार्ल माक्र्सको सिद्धान्त
कार्ल माक्र्सले आधुनिक पँुजिवादको गहिरो अध्ययन गरेर साम्यवादको निकै महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरेका थिए । संसारमा भएका हरेक संघर्ष तथा युद्धहरु लिङ्ग तथा जातबीच नभएको माक्र्सको निश्कर्ष रहेको थियो । पुँजिको नियन्त्रण गर्ने धनी र श्रमबाहेक केही पनि नभएका गरीवबीचको संघर्ष इतिहासको हरेक युगमा हुने गरेको र पूँजिवादी युगमा मालिक र श्रमिकबीच यस्तो संघर्ष हुने माक्र्सको विचार रहेको थियो । पुँजिपति र श्रमिकबीचको संघर्षमा श्रमिकहरु विजय हुने अनि उनीहरुले समाजवाद निर्माण गरेर हरेक खालका असमानताको अन्त्य हुने भन्ने माक्सवादी विचारलाई समर्थन गर्ने मानिसहरु अहिलेपनि उत्तिकै छन् । तर माक्र्सवादमा भएको जनतन्त्रलाई दुरुपयोग गरेर कैयौं देशमा तानाशाही शासन सत्ता निर्माण गरिएका कारण माक्सवाद विवादमा पर्दै आएको छ ।

८. फ्राइडको मनोविज्ञान
हाम्रो दिमागमा सचेत, अर्धसचेत र अचेत भाग रहेका हुन्छन् अनि हाम्रा हरेक व्यवहारलाई अचेत भागले निर्देशित गरेको हुन्छ भन्ने सिगमण्ड फ्राइडको धारणाले मानिसको मनोविज्ञान बुझ्न नयाँ दिशा दिएको थियो । यही भागले सचेत भागमा भएका कुरालाई छाँयामा पार्ने हुनाले मानिसले सपना देख्ने, बोल्दा गल्ती गर्ने गर्दछन् भन्ने फ्राइडको निश्कर्ष रहेको थियो । रोमान्स, कला, संस्कृति, फिल्म, साहित्यहरुमा मानवको अतृप्त इच्छा व्यक्त हुन्छ भन्ने उनको धारणाले समग्र मानव समाज बुझ्न सहयोग गर्दछ । अझ विशेषगरी अतृप्त यौन इच्छाहरु विभिन्न माध्यमबाट बाहिर आउने उनको विचारले मानव यौन क्रियाकलापलाई बुझ्न सहयोग गर्दछ ।

९. आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्त
न्युटनको निरपेक्ष भौतिक विज्ञानलाई आइन्स्टाइनले पुनव्र्याख्या गरी भौतिकशास्त्रमा नयाँ क्रान्ति ल्याएका थिए । विज्ञान पनि सापेक्ष हुन्छ भन्ने उनको विचारले गति, चाल र प्रकाशसम्बन्धी नयाँ नयाँ खोज र अनुसन्धानलाई प्रेरित गरेको छ । आधुनिक युगका हरेक अविष्कारहरु सापेक्षतामा आधारित छन् भन्ने सिद्धान्तले विज्ञानलाई नयाँ आयाम दिएको छ ।

१०. वल्ड वाइड वेभ
वितेका २ दशकमा इन्टरनेटमा निकै ठूलो क्रान्ति आएको छ । कम्युटर वा ल्यापटप र इन्टरनेटको संयोजनले हरेक मानिसलाई पूरा विश्वसँग जोडिदिएको छ । मानिस घरैमा बसेर व्यापार गर्न, विचार अभिव्यक्त गर्न र कुनै पनि नाजायज कुराको विरोध गर्न सक्ने भएको छ ।

Copyright © 2016 Typical Media Pvt. Ltd.