iPhone 8 मा अहिले बजारमा आएका कुनै पनि फोनमा नभएको यस्तो विशेषता


काठमाण्डौं,मंसिर १०-
नेपाली बजारमा iPhone 7 र 7 plus प्लसको बिक्री सुरु भएको एक साता पनि बितेको छैन । तर, विश्व बजारमा भने iPhone 8  को चर्चा सुरु भइसकेको छ । चर्चा यस्तो छ कि iPhone 8 को बडी पूरै ग्लास (शिशा)ले बनेको छ ।

iphone-8

iPhone 8 concept image via ConceptsiPhone


चर्चित एप्पल एनालिष्ट केजीआई सेक्युरिटिजका मिङ-ची कुओका अनुसार iPhone 8 को पूरा बडी शिशाले बनेको छ । यो सन २०१७ मा बजारमा आउनेछ । यसको स्क्रिन भने AMOLED हुने बताइएको छ । कुओ भन्छन्, ‘पूरै शिशाको बडी भएकाले त्यसको वजनलाई ख्याल गर्दै AMOLED स्क्रिन लगाइएको हो ।’

शिशाको बडी हुँदा कमजोर हुन्छ कि भन्ने चिन्ता लाग्यो ? चिन्ता नलिनुस् । यो निकै मजबुत हुने दावी गरिएको छ । एप्पलले iPhone 4 र iPhone 4S मा प्राइमरी शेल कन्ष्ट्रक्स मटेरियलका रुपमा शिशाको प्रयोग गरिसकेको छ ।

शिशाले बनेको iPhone 8 ले स्मार्ट फोन बजारमा नयाँ तरङ्ग ल्याइदिने अनुमान गरिएको छ ।

यसको अर्को खास कुरा भनेको वायरलेस चार्जिङ पनि हो । मेटल बडी हुँदा चार्जिङ इफिसियन्सी कम हुने गरेको छ, अब ग्लास बडीका कारण त्यो समस्या पनि कम हुने बताइएको छ । एजेन्सी ……