आक्रामक बनेर आयो नोकिया, एक मिनेटम बिक्री भयो एक करोड नोकिया-६

काठमाण्डौं,फागुन १३ –नोकिया ६ ले १९ जनवरीमा पहिलो फ्ल्यास सेल आयोजना गर्यो । उक्त मोडेलको सेट १ करोडप्रति रजिस्ट्रेशन भयो ।एक रिपोर्टका अनुसार ६० सेकेन्ड अथवा एक मिनेटमा सबै हेडसेट बिक्री भए । यद्यपि कम्पनीले कति फोन बिक्यो भन्ने बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिसकेको छैन ।

उकत फ्ल्यास सेल चीनको जेडि डट कम नामक वेबसाइटमा भएको थियो । जुन जम्मा एक मिनेटमै सकियो । अन्शुवोनामक वेबसाइटका अनुसार उक्त सेलमा फोन यति छिटो बिक्री भयो कि तपाईंले आँखा झिम्क्याउने समय वास्ता नगर्दा फोन किन्ने अवसर गुमाउनुभयो । बिहान १० बजेर ०६ मिनेट जाँदा आयोजना गरिएको सेलमा एक लाख मानिसले पहिले नै बुकिंग गरिसकेका थिए ।

उक्त फोनको मूल्य २६ हजार सात सय ५ रुपैयाँ तोकिएको थियो । उक्त फोन २६ फरवरीबाट बार्सिलोनामा हुने एमडब्ल्यूसि २०१७ वल्र्ड कांग्रेसमा विश्वव्यापीरुपमा लञ्च हुनेछ ।

नोकियाको यो फोनमा ५.५ इञ्चको फूल एचडि छ र सुरक्षाको लागि २.५ डि गोरिल्ला ग्लास दिइएको छ । उक्त फोनमा क्वालकम स्नैपड्रैगन ४३० प्रोसेसर र ४ जिबी र्याम छ । फोनमा ६४ जिबी आफ्नै स्टोरेज रहेको छ भने डुअल सिम र ३००० एमएएच को निकाल्न नमिल्ने ब्याट्री छ ।

उक्त फोनमा डुअल टोन फ्ल्यास र फेस डिटेक्सन अटो फोकसका साथै १६ एमपी को रियल क्यामेरा रहेको छ भने सेल्फी लिनको लागि अपर्चर एफ २.० का साथै ८ एमपीका फ्रन्ट क्यामरा रहेको छ । ठूलो आवाजको लागि डल्बी एटमस टेक्नोलोजी र डुअल एम्पलिफायर रहेको फोनमा फिंगरप्रिंन्ट स्क्यानर पनि रहेको छ । यो फोन एन्ड्रोइड ७.० नोगटमा चल्दछ ।