मंगल ग्रहमा बस्ती बसाउने तयारीमा यूएई

एजेन्सी,फागुन १३ –संयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ ।

यूएईका उप-राष्ट्रपति, प्रधानमन्त्री र दुवईका शासक शेख मोहम्मद विन राशिद अल मख्तूम र अन्य विशिष्ट व्यक्तिहरुबीच बिहीबार सय वर्षीय राष्ट्रिय परियोजनाको बारेमा खुलासा गरिएको हो ।

यूएईको सरकारले यस महत्वकांक्षी परियोजनामा विशेषज्ञ अन्तराष्ट्रिय संगठन र वैज्ञानिक संस्थाहरुको सहयोग लिनेछ ।

धनी देशको रुपमा परिचित यूएईले राष्ट्रिय क्यालेन्डर तयार पार्ने योजना बनाएको छ जबकी अबको केही दशकमा उसले मंगल ग्रहमा मानव पठाउने सवालमा सफलता हासिल गर्न सक्नेछ ।

शेख मोहम्मद बिन राशिदले भने, ‘दोस्रो ग्रहमा कदम राख्ने मानिसहरुको चाहना छ । हाम्रो पनि चाहना यही हो कि यूएईलाई मानिसहरुको इच्छा पुरा गर्नका लागि अन्तराष्ट्रिय प्रयासमा सहयोग मिलोस् ।साझा पोष्टबाट