वैज्ञानिकले पत्ता लगाए रहस्यस् यसकारण सूर्यतर्फ नै घुम्छ सूर्यमुखी

एजेन्सी । तपाइँले पनि सूर्यमुखी फूल त देख्नु नै भएको होला । यो फूल बिहान सूर्य उदाउँदा पूर्वतर्फ फर्किएको हुन्छ । त्यसपछि दिनभरी सूर्यलाई पछ्याइरहन्छ । साँझ सूर्य पश्चिमतिर पुग्दा सूर्यमुखी फूल पनि पश्चिम नै फर्किएको हुन्छ । जब सूर्यास्त हुन्छ, तब यसले पूर्वतर्फ फर्किएर अघिल्लो दिनको सूर्योदयलाई पर्खिन्छ । सायद यही कारण यस फूलको नाम नै सूर्यमूखी राखिएको हो ।

SunFlower

सूर्यमुखी फूल सूर्य जता गयो, त्यतै घुम्ने प्रक्रियालाई ‘हिलियोट्रोपिज्म’ भनिन्छ । तर, यो के कारण सूर्यतर्फ नै घुम्छ त ? यसको जानकारी आजसम्म कसैलाई थिएन । वैज्ञानिकहरु वर्षौँदेखि अनुसन्धानमा थिए । बल्ल यसको रहस्य खुलेको छ ।

‘यूनिभर्सिटी अफ क्यालिफोर्निया’मा कार्यरत ६ जना अमेरिकी वैज्ञानिकको समूहले यसको रहस्य पत्ता लगाएको हो । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार सूर्यमूखी फूलको काण्ड (Stem) मा एक दिशामा हुने चयनात्मक वृद्धिका कारण यस्तो भएको हो । प्रकाशप्रति यसको विशेष संवेदनशीलताले सूर्यमुखीलाई सूर्यतर्फ नै घुमाउन मद्दत गर्दछ ।

यी वैज्ञानिकहरुले साइन्स नामक जर्नलमा गतसाता यस अनुसन्धानसम्बन्धी सोधपत्र प्रकाशित गरेका छन् । जसमा विस्तारमा प्रकाश पारिएको छ कि, ‘सूर्यमुखीमा यो अद्भुत सिद्धान्तले कसरी काम गर्छ ।’

रिपोर्टमा लेखिएको छ, ‘बिहान यो फूल सूर्योदय हुने पूर्वीदिशातर्फ नै फर्किएको हुन्छ । त्यसपछि सूर्य जता जान्छ, यो फूलले पछ्याइरहन्छ । रातको समयमा यो विपरित दिशा (पूर्वतर्फ नै) मा फर्किन्छ, ताकि बिहान फेरि उसको चेहरा सूर्यतर्फ नै फर्किएको होस् ।

रिपोर्टका अनुसार यो प्रक्रिया पूर्णतया बयस्क नभएका सूर्यमुखी फूलहरुमा मात्र चल्दछ । बयस्क भइसकेपछि भने यो हमेशाका लागि पूर्वतर्फ नै फर्किरहन्छ । यसरी पूर्वतर्फ नै रहँदा यसको फूल र परागसेचन गराउने जीवहरु बीच हुने प्रक्रियामा लाभ मिल्छ ।

यसरी गरियो अनुसन्धान

अनुसन्धानमा संलग्न वैज्ञानिक ह्यागोप एस एटेमियनले सामान्य सूर्यमूखी फूलमा सूर्यको प्रकाश र एलईडी लाइटबाट फरक-फरक प्रकाश दिए । यसक्रममा कृतिम प्रकाशको सहायतामा यसको प्रकाश प्राप्त गर्ने प्रकृयामा पनि अनियमितता ल्याइयो ।

ग्रोथ च्याम्बरमा सूर्यमुखी फूलमाथि निरन्तर प्रकाश दिइयो । यसक्रममा केही दिन त यो फूल पूर्वबाट पश्चिमतर्फ घुमिरह्यो । तै पनि प्रकाशमा अनियमितता ल्याउने प्रक्रिया जारी नै राखियो । दिन बित्दै जाँदा यसको घुम्ने प्रक्रिया पनि कम हुँदै गयो । अन्तत: पूर्वतर्फ नै फर्किएर रहन थाल्यो ।

यसबाट वैज्ञानिकहरुले पत्ता लगाए, बयस्क भइसकेका सूर्यमुखी फूलहरु पूर्वबाट पश्चिमतर्फ नघुम्नुको सम्बन्ध यसको काण्डमा हुने केशिकाको वृद्धिसँग रहेछ । अध्ययनमा यो पनि पत्ता लाग्यो सूर्यमुखीको बीजमा साँझको तुलनामा बिहान पर्ने प्रकाशले मजबुद् प्रक्रिया दिने रहेछ ।

अनुसन्धान कै क्रममा वैज्ञानिकहरुले गमलामा पनि सूर्यमूखी हुर्काए । यहाँ फूल पनि फूल्यो । तब उनीहरुले सूर्योदयका दौरान एक गमलालाई पश्चिमतर्फ घुमाइदिए । तब थाहा भयो, पश्चिमतर्फ घुमेको फूलको तुलनामा पूर्वतर्फ घुमेको फूल बढी सक्रिय भयो । यसले परागसेचन गराउने जीवाणुहरुलाई पनि तुलनात्मक रुपमा बढी आकर्षित गर्न सक्यो ।

त्यसपछि वैज्ञानिकहरुले आफूले पश्चिमतर्फ फर्काएको फूललाई हिटरको सहायतामा कृतिम ताप दिए । तब यो फूल पूर्व (सूर्यतर्फ) फर्किएको फूल भन्दा बढी सक्रिय भयो । किनकी यसले तुलनात्मक रुपमा बढी ताप पाएको थियो ।

यसबाट वैज्ञानिकहरुले पत्ता लगाए सूर्यमुखीले परागसेचनका लागि जिवाणुहरुलाई आकर्षित गर्ने क्षमतामा तापमानको निकै ठूलो भूमिका रहेछ ।