‘एट् द रेट अफ’ (@)को इतिहासस् यसरी राज गर्न थाल्यो इन्टरनेटको दुनियामा

तपाईं पनि इमेल-इन्टरनेट प्रयोग गर्नुहुन्छ भने @ लाई अवश्य चिन्नुहुन्छ होला । इमेल आदान-प्रदानमा त यसको प्रयोग अनिवार्य छ नै, फेसबुक-ट्वीटरजस्ता सामाजिक सञ्जालमा प्रवेश गर्न पनि यसलाई हामीले प्रयोग गर्नै पर्ने अवस्था छ ।

@

इमेल-इन्टरनेटको युगमा यस चिह्नको महत्व त निकै नै छ । तर के तपाईंलाई यसको इतिहास थाहा छ ? सायद धेरैलाई थाहा नहुन सक्छ । आउनुस् आज यसको नालिबेली जानौँ ।

अंग्रेजीमा ‘एट् द रेट अफ’ भनिने यस चिह्नलाई अलग-अलग देशमा भिन्न-भिन्न नामले चिनिन्छ । उच्चारण त त्यहीँको भाषामा हुन्छ, तर त्यसको अर्थ के हुन्छ भन्ने कुरा हामी यहाँ प्रस्तुत गर्दैछौँ ।

– आर्मेनियामा @ लाई लुकेको कुकुरको बच्चा नाम दिइएको छ ।

– ताइवानीहरुले @ लाई सानो मुसा मान्छन् ।

– डेनिसहरुले @ लाई हात्तीको सूँड भन्ने गरेका छन् ।

– जर्मनहरु @ लाई ‘स्पाइडर मङ्की’ माकुरो जसरी हिँड्ने बाँदर मान्छन् ।

– मध्य एसियाली देश कजाकिस्तानमा @ लाई चन्द्रमाको कान मानिन्छ ।

– यूनानीहरुले @ लाई हाँसको बच्चाको नाम दिएका छन् ।

यस्तो होइन कि यसलाई हरेक देशमा जनावरको नाम दिइएको छ, कतिपय ठाउँमा यसलाई संकेतकै रुपमा पनि बोलिन्छ ।

– ताइवानबाहेक अन्य क्षेत्रका चिनियाँहरुले @ लाई घुमेको ‘ए’ भन्छन् ।

– बोस्नियामा @ लाई पागल ‘ए’ मानिन्छ ।

– स्लोभाकियालीहरु @ लाई अचारवाला फिसरोल भन्छन् ।

– टर्केलीहरुले @ लाई सुन्दर ‘ए’को नाम दिएका छन् ।

 

यसको कहानी र इतिहास पनि रोचक छ ।

‘एट् द रेट अफ’ @ को प्रयोग सबैभन्दा पहिले सन १९७१ मा भएको थियो । २९ वर्षीय कम्युटर इञ्जिनियर ‘रे टमलिंसन’ले सुरुमा यसको प्रयोग गरेका थिए । उनले यसलाई आफ्नो नयाँ मेल सिस्टमका लागि प्रयोगमा ल्याएका थिए ।

विस्तारै यो चिह्नले इमेल-इन्टरनेटको दुनियामा एकछत्र राज गर्न थाल्यो । अहिले त अनिवार्य नै बनिसकेको छ ।

इमेल-इन्टरनेटमा मात्रै नभएर अन्य धेरै कुरामा मानिसहरुले यसको प्रयोग गर्छन् । पासवर्डका रुपमा होस्, ठाउँ बताउन होस् या अन्य यस्तै प्रयोग सबैतिर @ लाई अनिवार्य मानिन्छ ।