तपाईलाई थाहा छ काँचो केराको यी महत्वपूर्ण फाइदाहरु

काठमाण्डौं,फागुन १३ –पाकेको केरा त हामी सबैले खाने गरेका छौ र विभिन्न रुपमा प्रयोग हुँदै आएको पनि देखेका छौं । काँचो केरा पनि तरकारी, अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न हिचकिच्याउने मानिसले ठुलो चिज गुमाएको हुनसक्छ । त्यस्तै आज हामी तपाईलाई स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिने काँचो केराका केही फाइदाहरुको बारेमा जानकारी दिनेछौं ।

कार्बाेहाइड्रेटको कम प्रयोग गर्ने मानिसहरुमा चिनीको मात्रा उच्चतम हुने हुँदा केरा प्रतिबन्ध गरिन्छ तर सन्तुलित रुपमा काँचो केरा खाएमा लाभदायक हुन्छ ।

काँचो केराले पेटको समस्या निदान गर्दछ ।

काँचो केरो रगत बान्ता हुने (टीबी) जस्ता रोगहरुका लागि बरदान सावित हुन्छ ।

कागतीको रस र काँचो केरा मिसाएर खाएमा मुत्रविकार निदान हुन सक्छ ।

यसले पाचन प्रणालीलाई राम्रो गर्दछ । यसको प्रयोगले पाचन क्षमता बढाउनुका साथै चिल्लो पदार्थलाई कम समयमा नै पचाउने र टुक्राउने गर्दछ ।

काँचो केराले झाडापखाला लाग्ने जस्ता समस्यालाई टाढा भगाउन सहयोग गर्छ ।

यसले शरिरमा भिटामिन बी—६, प्रोटिन, पोटासियमजस्ता तत्वहरु प्रदान गर्दछ । जुन शरीरका लागि अति आवश्यक छ ।