नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए, १४ सय ४७ निको भए

काठमाडौं,असोज,३-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।यो कूल संक्रमितको ७२ प्रतिशत हो।