गुगलबारे अनौठा चार तथ्य जान्नुस्, साँच्चै तपाइँ अचम्मित हुनुहुनेछ

एजेन्सी । गुगललाई इन्टरनेटको दुनियाको बादशाह भनिन्छ । सर्चइन्जिनका रुपमामात्रै  होइन अन्य विभिन्न अवतार (यूट्यूव, ब्लग) मा पनि गुगलको छुट्टै पहिचान छ । इन्टरनेटको पहुँचमा रहेका हरेक व्यक्ति दैनिक कुनै न कुनै प्रयोजनका लागि गुगलसँग जोडिने गरेका छन् ।

तपाईं पनि विभिन्न प्रयोजनका लागि गुगलको उपयोग दैनिक गर्नुहुन्छ । तर, यही लोकप्रिय गुगलबारेका केही रोचक तथ्य तपाईंलाई जानकारी नहुन सक्छ ।

 

घाँस काट्न मेशिन होइन, बाख्रा नै भाडामा !

Google Headquaters Grass

गुगलले आफ्नो हेर्डक्वाटर परिसरको घाँस काट्नका लागि कुनै मेशिनको प्रयोग गर्दैन । यस्तो घाँस व्यवस्थापनका लागि उसको निकै उपयोगी तरिका छ । जसका लागि गुगलले ‘क्यालिफोर्निया ग्रेजिङ’ नामको कम्पनीबाट दुई सय बाख्रा भाडामा लिने गरेको छ । त्यो घाँस बाख्रा चराएरै निखारिन्छ ।

 

उल्टोपाल्टो गुगल

Google misspell

गुगलका अन्य डोमेन पनि छन् । जसलाई गुगलकै अक्षरहरुलाई उल्टो–पाल्टो पारेर बनाइएको छ । गुगलमा रहेको Google लाई मिसस्पेल गरेर त्यस्ता डोमेन तयार पारिएको हो । ति सबै डोमेनलाई गुगलको मेन डोमेनसँग लिंक गरिएको छ । यसको उद्देश्य भनेको कसैले भूलबस गलत स्पेल टाइप गर्यो भने पनि सिधै गुगलमा पुगोस् भन्ने नै हो ।

 

झण्डै किनेको याहूले

yahoo

कुनै समय याहूले गुगललाई एक मिलियन डलरमा किन्ने प्रस्ताव गरेको थियो । तर गुगलले सो प्रस्ताव अस्वीकार गरिदियो । अहिले त्यही गुगल इन्टरनेटको बादशाह हो ।

 

गलत स्पेलले बदलिदियो भविष्य

Google

गुगलको नाम सुरुमा Google होइन, Googole राखिएको थियो । तर फाउण्डरले नाम बताउँदा भूलवश Google हुन पुग्यो र पछि त्यसैलाई स्थापित गरियो ।

 

– See more at: http://www.sajhapost.com/2016/08/27/46032.html#sthash.ENyUkGTP.dpuf