फेसबुकमा हुनुहुन्छ रु त्यसो भए तपाईंको केही कुरा गोप्य छैन ?

पछिल्लो केही वर्षयता फेसबुक प्राय मानिसको जीवनको सबैभन्दा अभिन्न मित्र बनिसकेको छ । मानिसहरु दैनिक घण्टौंसम्म फेसबुकमा समय बिताउँछन् । फेरि यो पनि खुबै कामको चिज छ, नयाँ साथी बनाउने, टाढा रहेका पुराना साथी र आफन्तहरुसँग सम्पर्कमा रहने मात्र होइन, फेसबुकले धेरै कुरा सहज बनाइदिएको छ । बिहानै फेसबुक खोल्दा ‘Good morning’ भन्छ, बेलुका ‘G00d night’ पनि । कसैको जन्मदिन हुँदा यसैले सम्झाइदिन्छ । धेरै यस्ता कुराहरु छन्, जसले हामीलाई दिनप्रति दिन फेसबुकको लत लगाइरहेको छ ।

facebook-new-image

तर, होसियार अब तपाइँको केही कुरा गोप्य बाँकी छैन । आम मानिसबारे फेसबुकले जति जानकारी संकलन गर्छ, त्यती त सायदै अन्य कुनै साइटले गर्दो हो । तपाइँका गोप्य भन्दा गोप्य कुराहरु अब फेसबुकको कब्जामा छन् । फेसबुकले आफ्ना हरेक प्रयोगकर्ताबाट ९८ प्रकारका जानकारी संकलन गरिरहेको छ । त्यसैको आधारमा अब तपाइँको वालमा विज्ञापनहरु देखिने गरेका छन् ।

फेसबुकले तपाइँको लोकेशन, तपाइँको विचार, तपाइँलाई मन पर्ने-नपर्ने कुराहरु, तपाइँको दैनिक आवश्यकता, तपाइँको पछिल्लो खोज, साथीहरुसँग भएको कुराकानी सबै कुराबाट जानकारी हासिल गरिरहेको छ । यी सबै जानकारीहरुबाट फेसबुकले तपाइँको एउटा गोप्य प्रोफाइल बनाउँछ । तपाइँ आफूसँग धेरै कुरा मिल्ने अन्य प्रोफाइलहरुसँगै समूहमा जोडिनुहुन्छ । फेसबुकले यस्ता जानकारीहरु विज्ञापन एजेन्सीसम्म पुर्‍याउँछ । अनि विज्ञापन दाताहरुले तपाइँको प्रोफाइल अध्ययन गरेर त्यसैअनुसारको विज्ञापन फेसबुकलाई दिन्छन् ।

कतिपय मानिसको के बानी हुन्छ भने उनीहरु फेसबुक लगआउट नै गर्दैनन् । तर, होसियार तपाइँले फेसबुक लगइन रहेको ब्राउजरमा अन्य कस्ता अनलाइन गतिविधि गर्नुभएको छ, त्यो सबै फेसबुकलाई जानकारी हुन्छ ।

फेसबुकले नाम, उमेर, शहर, लिंग (महिला-पुरुष)जस्ता जानकारीबाट प्राइमरी प्रोफाइल बनाउँछ । यस्तै उसले गोप्यरुपमा कलेक्ट गरेका डाटाहरुबाट तपाइँको सेकेण्डरी प्रोफाइल बनाउँछ ।

तपाइँले फेसबुकमा जुन किसिमको गतिबिधि गर्नुहुन्छ, त्यसैअनुसार विज्ञापन तपाइँको वालमा देखिन्छ । २०१६ को दोस्रो त्रैमासिकमा मात्र फेसबुकले ४२,००० /- करोड रुपैयाँको विज्ञापन देखायो । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो ।

फेसबुकको सिद्धान्त नै रहेको छ, जति सकिन्छ त्यति डाटा संकलन गरौँ ।

यस्ता डाटाहरु विभिन्न गुप्तचर एजेन्सीलाई समेत दिने गरेको आरोप लगाइन्छ । यही कारण चीनमा फेसबुक नै प्रतिबन्धित छ ।

बिबिसीमा प्रकाशित खबरको सहयोगमा