दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा

काठमाण्डौ,मंसिर ३-जिरालाई मसलाको रुपमा मात्र होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज हामीले जिराका यस्तै ७ औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ ।

water
१. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।

२. जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ । साथै हात खुट्टा बाँउडिने समस्या कम हुन्छ ।

३. शरीर भित्रको विकार बाहिर निकाल्न मद्दत गर्छ । यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरी विभिन्न रोगबाट बचाउँछ।

४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ ।

५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । शरीरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।

६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ ।

७. जिरा पानी नियमित पिउँदा शरीरमा बोसोको मात्र सन्तुलित हुन्छ । शरीरको तौल घटाउन मद्दत गर्छ ।

Home Page