इराकको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

फाईल तस्विर !!

एजेन्सी,बैशाख,१२-इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् ।

बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्यांक बिस्फोट र आगलागीमा मृत्यु हुनेमा अधिकांश आइसीयुमा उपचाररत बिरामी रहेका छन् ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको छ।यसैबीच इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाबारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

बिस्फोट लगत्तै प्रधानमन्त्री कादिमीले आकस्मिक बैठक आब्हन गरी अनुसन्धान थाल्न निर्देशन दिनुभएको हो ।

बिस्फोटका कारण अस्पतालमा पुर्ण रुपमा क्षति पुगेको छ । इराकमा कोरोना संक्रमितको संख्या १० लाख २५ हजार बढी छ भने हालसम्म १५ हजार २ सय बढीको मृत्यु भइसकेको छ ।