जिया भुसालको अभिनयमा मार्मिक दशैं गित “रातो धागो” सार्बजनिक

फाईल तस्विर !!

काठमाण्डौं,असोज,५-पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो “ मार्फत कलाकारितामा अघि बढाएका छन् ,पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ ।

नारायण थापाको लय रहेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भिडियोमा सन्तोष शर्मा,परि शर्मा, जिया भुसाल लगाएतको कलाकारको दर्दनाक अभिनय रहेको छ ।

परदेशिएका युवाको कथा लाइ समेटिएको छ भने अल्पायुमै श्रीमानले संसार छोडेर गएपछि श्रीमती र लालाबालले पाउने पिडा भिडियोमा मनै छुने गरि प्रस्तुत गराइएको छ ।

अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा बजारमा सार्बजनिक भएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ, ।निर्माण पक्ष्यले अत्यन्तै आशा गरेको गीत “रातो धागो” को पुरा (भिडियो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस )