साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय

Gopal jang thapa & chitrakala budha thapaकाठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक गायक थापाको सो गितमा उहाँकी जीवन संगिनी एवं कुशल नृत्यंगना समेत रहेकी चित्रकला बुढा थापाको शब्द तथा लय, चर्चित गायिका पूर्णकला विसि र थापाको स्वर रहेको छ । सुमधुर स्वरका धनी गायक थापाले सांगितिक यात्राको डेढ वर्षको अवधीमा नै ४ वटा गित रेकर्ड गराई सक्नु भएको छ ।

जसमध्ये उहाँको पहिलो गित क्या राम्रो रैछ नी साँफेबगर सहित बर पिपल छायाँले, धेरै भए फटाहा जाली बोलको गित बजारमा आइ सकेका छन् । जुन गितहरुलाई धेरै दर्शक एवं स्रोताहरुले निकै मन पराएका छन । गायक थापाले आफ्नो चौथो गिति कोशेली रुपमा नेपालका नेता बोलको गित केहि हप्ता अगाडि मात्र काठमाण्डौको अनामनगर स्थित विशेष डिजीटल रेर्कडिंग प्रा।लि। मार्फत रेर्कड गराइ सकेका छन । जुन गितको छायांकनमा समेत गायक थापा जुटि सकेका छन । नेपालका नेता बोलको गितमा गायक थापाले अहिले देशमा भइरहेको समकालीन विषय वस्तुलाई समेटेर उक्त गित बजारमा ल्याउने तयारी गरिरहनु भएको छ।

नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक र आर्थिक अवस्थालाई चित्रण गरी तयार पारेको सो गितमा पनि उहाँकी जीवन संगिनी चित्रकला बुढा थापाको लय, गायक थापाको शब्द र स्वर रहेको छ । तर नेपालका नेता बोलको उक्त गित भने बजारमा नआउदै चर्चा पाउन थालि सकेको छ । काठमाण्डौ बाटै छायांकनको तयारीमा रहेको नेपालका नेता बोलको गित गायक थापाले अक्टोबर ३० तारिख सन् २०१६ मा जेटि गु्रप वापीले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम र अक्टोबर ३१ तरिखका दिन प्रवासि नेपाली संघ सारीगामले सारीगाममा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गाएर धमाकेदार प्रस्तुतीको साथमा दर्शकहरुलाई मञ्चमा नचाउन सफल हुनुभएको थियो ।

gopal jang thapa & chitrakala budha thapaगायक थापाको प्रस्तुतीको क्रममा कार्यक्रममा सहभागि सबै दर्शक एवं स्रोतहरु समेत निकै रमाएका थिए भने कतिपय दर्शकहरुले उहाँलाई मञ्चमै गएर बधाइ एवं शुभकामना व्यक्त गरेका थिए । जेटि गु्रप वापीले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा थापा दम्पती उत्कृष्ट प्रस्तुती सहित दोसल्ला ओढाएर समेत सम्मानित भएका थिए भने उहाँका दुवै जनालाई प्रवासि नेपाली संघ सारीगाम भारतले समेत दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मान थापी सके पछि लोकगायक थापाले आफ्नो साँगितिक जगतको छोटो अवधीमै यति धेरै माया र हौसला एवं सम्मान पाएकोमा खुशी व्यक्त गरे । उनले उक्त सम्मान आफ्नो साँगितिक यात्रालाई अघि बढाउने एक महत्वपूर्ण खुड्किलो भएको भन्दै जेटि गु्रप वापी र प्रवासि नेपाली संघ सारीगामलाई धन्यवाद ज्ञापन गरेका थिए ।

gopal jang thapaआवाजमा निकै दम भएका पूर्व सञ्चारकर्मी समेत रहेका गायक थापाले गायनका साथै विभिन्न महोत्सव एवं साँस्कृतिक कार्यक्रममा समेत कुशल उद्घोषक एवं कार्यक्रमम सञ्चालकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन । वि।सं। २०४९ साल असार ६ गते बुबा जित बहादुर थापा र आमा धनकला देवी थापाका साहिला छोराका रुपमा जन्मिएका लोकगायक थापा साँगितिक यात्राको साथमा अध्ययन समेत गरीरहेका छन । हाल लोक गायक थापा काठमाण्डौमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा मानविकी संकायबाट मूल विषय अंगे्रजी लिएर एम।ए। दोस्रो वर्षमा अध्ययन गरी रहेका छन ।

उहाँको साँगितिक यात्रा अझै अघि बढोस हाम्रो पनि लोकगायक थापालाई लाखौ लाख शुभकामना ।