हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “

काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै himanshu shahiअहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको छ । पानिको फोका जस्तै ,पागल म बन्न सक्छु बोलकि गायीका रजिना रिमालको आवाजमा रहेको गित सबैले मन पराएको संगितकार हिमान्सुले बताउनुभयो । उहाँले भन्नुभयो काठमाण्डौबाट मात्र हैन काठमाडौ बाहिर बसेर पनि उत्कृष्ट गित संगित गर्न सकिने बताउनुभयो ।

उक्त गितको मेल भर्जन नव गायक सुनिल ढकालले गायीसक्नु भएको संगितकार शाहीले बताउनुभयो । उहाँका अनुसार आफ्नो करिअरको सुरुवात सञ्चार क्षेत्रबाट गरेका उहाँले सुरुमा कैलाली को लम्की स्थित हाम्रो मालीका एफ एम बाट गरेको बताउनुभयो । एक फरक प्रसंगमा उहाँले भन्नुभयो अबको मेरो जिवनको लक्ष्य भनेको गित संगितमा एउटा राम्रो पहिचान बनाउदै नेपाली गित संगितको जर्गेन ागर्न तिर पनि आफू अग्रसरहुने बताउनु भएको छ । गित संगितको क्षेत्रमा उदाउदै गर्दा उहाँले फेरी अर्को नयाँ गित “राती राती आउन माया मलाई लाउन घुम्न कतै जाउन पानी पुरी खाउन” भन्ने बोलको गितबाट गायनमा पनि आफुले सुरुवात गर्ने संगितकार शाहीले बताउनुभयो । याद रहोस् हिमान्सुले म्युजिक भियो पनि निर्देशन गर्दै आउनु भएको छ ।

संगितकार हिमान्सु शाहिको सांगीतिक क्षेत्रको यात्रामा निरन्तर अघि बढदै जाओस हाम्रो शुभकामना ।