फेसबुकका सीइओ जुकरबर्गकै अकाउण्ट ह्याक ।

केही दिन अघि फेसबुकका सीइओ मार्क जुकरबर्गको ट्विटर ह्याण्डल र पीनरेस्ट अकाउन्टको ह्याक भएको हो । ‘अवर माइन टीम’ नामक ह्याकर समूहले जुकरबर्गको सामाजिक सञ्जालको अकाउण्ट ह्याक गरेकाे दावी गरेको थियो ।

mark zukerburg

यो समूहले कसरी जुकरबर्गको अकाउण्ट माथि पहुँच पुर्यायो भनेर चाहिँ रिपोर्टमा उल्लेख गरिएको छैन । ‘अवर माइन टिम’ले यो दावी गरेको छ कि केही हप्ता पहिले डम्प गरिएको लिंकडिन पासवर्डको सहायताले यो सम्भव हुन सकेको हो ।

लिंकडिनका अनुसार १० करोड मानिसको ईमेल र पासवर्ड समेत जारी गरेको कारणले प्रयोगकर्ताको अकाउण्ट अवैध भइरहेको छ । यो पासवर्ड लिक २०१२ मा भएको थियो ।

जसमा फेसबुकका कार्यकारी प्रमुखको पनि लिंकडिन अकाउण्टको आईडी र पासवर्ड थियो । जुकरबर्ग दोस्रो अकाउण्टको लागि पनि यसै पासवर्डको प्रयोग गर्दथे । ह्याकिङ समूहको अनुसार उनको एकाउण्टको पासवर्ड ‘dadada’ थियो ।

अवर माइन टीमको दावी अनुसार उनीहरुको पहुँच फेसबुक सीइओको इन्टाग्राम अकाउण्टसम्म पुगिसकेको छ । जब कि भर्खरै फेसबुकले जुकरबर्गको इन्टाग्राम अकाउण्ट सुरक्षित रहेको जानकारी दिएको थियो ।

फेसबुक प्रवक्ताले वेंचरबीट वेबसाइटको एक बयानमा बताएका थिए कि कसैको पनि फेसबुक सिस्टम तथा अकाउण्टको ह्याक भएको छैन । जुनजुन प्रभावित अकाउण्ट थिए , तिनीहरुलाई पुनः सुरक्षित गरिएको छ । एजेन्सी ।