धिरज र उपासना अभिनित चलचित्र ‘खुस्मा’ टोकियोमा प्रदर्शन हुने

    फाईल तस्विर : प्रेम प्रकाश रोका मगर ज्यूको फेसबुकवाल बाट साभार !!

टोकियो,असोज,१८-नेपाली दर्शकले निकै मन पराएको चलचित्र ‘खुस्मा’ जापानमा प्रदर्शन हुने भएको छ।

जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा अक्टूबर २० तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन हुने भएको छ।

फिल्म बेलुकी ६:३० बजे देखी हलमा लाग्ने आयोजकले जनाएको छ।त्यसपछि क्रमश जापानको अन्य शहरमा पनि प्रदर्शन गरिने आयोजकको भनाई रहेको छ।

धिरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’ संविधान दिवसको अवसरमा यो फिल्म गएको हप्ताको बिहीबारदेखि नेपालभर प्रदर्शनमा आएको थियो।

मगर समुदायको कथामा आधारित यस फिल्मले नेपालका मल्टिप्लेक्स हलहरुमा सुखद शो पाएको छ।यो फिल्म अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा सशस्त्र-माओवादी द्धन्द्वकालमा अकुंराएको प्रेमकथालाई समेटिएको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म थापाको पहिलो निर्देशकिय फिल्म हो।फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर फिल्मको निर्माता हुन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

जापानमा पनि यस फिल्मले उत्साह जनक दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।पछिल्लो समय यस फिल्मको गित “रुकम मैकोट” सामाजीक संजाल टिकटक र फेसबुकमा असंख्यक दर्शकले मन पराएर भिडीयो बनाएको पाईन्छ।

यसले गर्दा पनि जापानमा रहेका नेपाली दर्शक यो फिल्म हेर्न निकै आतुर रहेका छन्।तसर्थ अक्टूबर २० तारिख टोकियो आसपासमा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यो फिल्म हेर्न आई भरपुर्ण मनोरञ्जन लिन पनि आयोजक टिमले सबैलाई अनुरोध गरेको छ।