कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं,फागुन,२७-वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ ।

‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो ।

विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ ।

श्रम स्वीकृति स्थगन भएसँगै अन्तिम श्रम स्वीकृति लिएका करिब दुई हजार नेपाली कामदार प्रभावित भएका छन् ।