अमेरिकी जलसेनाको पानीजहाज दुर्घटनाग्रस्त

एजेन्सी,भदौं,५-

अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जलसेनाको पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ ।

क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको ’यूएसएस जोन मक्केन’ लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किदा क्षतिग्रस्त भएको बताइएको छ । अमेरिकी जल सेनाले खोज तथा उद्दार कार्य जारी रहेको जनाएको छ । अमेरिकी जलसेनाको पानीजहाज दुई महिनामा दोस्रो पटक यस्तो गम्भिर प्रकृतिको दुर्घटनामा परेको हो ।

अमेरिकी जलसेनाको उक्त पानीजहाज आफ्नो नियमित बन्दरगाहतर्फको यात्रामा सिंगापुरमा रहेको थियो  । पछिल्लो दुर्घटना मलाका स्ट्रेट्सबाट पूर्वतर्फ भएको ठानिएको छ ।अर्को पानीजहाज लाइबेरियाको झण्डा सहितको तेल ट्याकंर भएको र युद्धपोत भन्दा उल्लेख्य रुपमा ठूलो भएको बताइएको छ ।