स्थानिय निर्वाचनमा महिला सहभागीत कार्यक्रम हुँदै

मधुपौडेल
बाँके,माघ १८-नारी कल्याण समाज बाँकेको आयोजनामा  स्थानिय निर्वाचनमा महिला सहभागीत भन्ने नेपालगंजमा एक कार्यक्रम हुदैछ । सभासद सर्वरआरा खानमकोे प्रमुख आतिथ्यमा हुन लागेको उक्तm कार्यक्रममा करिव ५० जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै सभासद खानमले स्थानिय निर्वाचनमा महिलाहरुको विशेष भुमिका हुने हँुदा यस किसिमको प्रशिक्षणको आवश्यकता परेको बताउनु भयो ।

 स्थानिय निर्वाचनमा महिला सहभागीत कार्यक्रम हुँदैनारी कल्याण समाज नेपालको कमल भटको सभापतित्वमा उदघाटन सत्र सम्पन्न  उक्त  प्रशिक्षणमा स्वागत मन्तव्य नारायणी रुपा खेतीले गर्नु भएको  कुरा नारी कल्याण समाज बाकेको महासचिव माया पुन ले बताउनु भयो ।

समाजका अध्यक्ष कमल भटले यस प्रकारको प्रशिक्षण तिन चरण हुने र त्यसमा करिव ३०० बढि महिलाहरुलेको सहभागिता हुने बताउनु भयो । कार्यक्रममा जिल्ला विकास समिति बाकेका प्रतिनिधि कञ्चन श्रेष्ठ ,क्षेत्र न ३ का कागे्रसका सभापति रमेश गुप्ता  लगायतले बोल्नु भएको थियो ।