नेपाल टेलीकमको अवरुद्ध मोबाइल सेवा सुरु

काठमाडाै‌,चैत,८-

नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको छ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि फोन नलाग्ने समस्या देखिएको थियो। मर्मतपछि फोन नलाग्ने समस्या समाधान भएको टेलिकमले जनाएको छ। फोन नलाग्दा सेवाग्राही मर्कामा परेका थिए।

सिस्टममा समस्या आएकाले देशभर नै फोन नलाग्ने समस्या देखिएको थियो। सेवा बन्द हुँदा सेवाग्राहीलाई परेको समस्याप्रति टेलिकमले माफी मागेको छ।