फुकुओका,जापान,कार्तीक,२३-

चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको छ ।

आजको खेलमा अनुशासित खेल्दै प्रतीयोगितामा सहभागी १६ टिम मध्य बिहानी एफसी उत्कृष्ट टिममा पर्न सफल हुदै सान्त्वना पुरस्कार ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ।बिहानी एफसीले लिग चरण र नकआउट चरणका खेलहरुमा २ खेलमा जित निकाल्दै २ टिम संग बराबरी खेलेको थियो। अन्तत बिहानी एफसीले फाईनल खेलका लागी सेमीफाईनल खेलमा बिजेता टिम खुकुरी एफसी संग हार ब्यहोरेको थियो ।

जित संगै खुकुरी एफसीले ३ लाख जापानीज येन सहित ट्रफि र मेडल प्राप्त गरेको थियो,भने उपविजेता टिम गोर्खा ब्रदर्शले १ लाख ५० हजार जापानीज येन सहित मेडल प्राप्त गरेको थियो ।