आजको राशिफल ।। कार्तिक २४ गते बिहिवार

काठमाडौं,कार्तिक,२४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २४ गते बिहिवार, (नोभेम्वर १० तारिख) मंसिर कृष्ण द्धितीया तिथी ।आज विश्व शान्ती र विकासका लागी विश्व विज्ञान दिवस पनि रहेको छ ।

आज कार्तिक २४ गते बिहिवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योग छ, आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको व्यक्तिसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । धनमाल पनि हराउन सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आकस्मिक धन लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता भइएला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मन मिल्ने प्यारो साथीसँग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन भाग्यलाईर बलियो बनाउन दिनदुःखीलाई खुसी बनाउनु पर्दछ । घरमा कुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन प्रतिष्ठित काम सुरु गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल