सल्यान श्रीनगरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने

नरेश खड्का/

सल्यान,असोज,३०-

सल्यानमा तिहार बिशेष साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।हिन्दू नेपालीहरुको महान चार्ड तिहारको अवसर पारेर कार्यक्रम जिल्लाको श्रीनगर बजार स्थीत बसपार्कमा संचालन हुन लागेको हो ।

ग्लोबल मीडिया हाउस शाखा कार्यालय घोरही दाङ्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा प्रतियोगिताहरु खुल्ला लोकदोहरि, एकल नृत्य, खुल्ला गजल र घैटोफोर रहने बताइएको छ ।

विभिध कला र साहित्यि सल्यानी को सान, स्थानीय प्रतिभा सँगै साँस्कृतिको उत्थान भन्ने मूल नारा रहेको उक्त कार्यक्रमका मुख्य आकर्षक आधुनिक गायक सागर अबिरल जी.सी., गायक तथा

सर्जक दीपेंद्र खत्री, लोकदोहरी गायिका सुशीला थापा, बिष्णु सुनार, हास्य्कलाकारहरु मधु खडका (लाहुरे बा), संदीप गौतम (रेडियो साइलो) र याम खत्री (मंत्री) लगायतका क्लाकारहरुको प्रस्तुति रहने शाखा प्रबन्धक मनोजबाबू मनोहर ले जानकारी दिएका छन् ।

श्रीनगरको बसपार्कमा यही अशोज, ३० गते सोमबार हुने कार्यक्रममा कुनै पनि टिकेट शुल्क नलाग्ने कार्यक्रम संयोजक हेमराज परिवर्तनले बताएका छन् ।