एमालेको बुद्धि पलायो, अब संशोधनको पक्षमा मतदान गर्छः मन्सुर

काठमाडौं, फागुन १२-नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ढिलै भएपनि बुद्धि पलाएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले संविधान संविधान विधेयक प्रक्रिया रोक्न खोजिरहेको भए एमाले मधेशबाट पूर्ण रुपमा समाप्त हुने बताउनुभयो ।

भन्नुभयो एमालेको बुद्धि पलाएको छ। अब विपक्षमा मतदान गरे मधेशबाट सकिन्छ। विधेयक प्रक्रियामा लैजान नै नदिने एमाले सहमतिमा आएकाले मतदान गरेर विधेयक पारित हुने उहाँले बताउनुभयो ।हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट भएको उहाँले बताउनुभयो । थपे, ‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ।

उहाँले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिनुभयो। भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ।’ मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताउनुभयो । नेपालखबरबाट