नेपालगन्ज मल्टिपल क्याम्पसमा मनाईयो सहिद दिवस

नेपालगन्ज,माघ,१६-

नेपालगन्ज मल्टिपल क्याम्पसमा सहिद दिवस मनाइएको छ।नेपालगन्ज क्षेत्रको प्रतिष्ठित क्याम्पसको रुपमा चिनिएको नेपालगन्ज मल्टिपल क्याम्पसमा बुधवार क्यामपसको प्राङ्गणमा सहिद दिवस मनाएको हो।

सहिद दिवस मनाउने क्रममा क्यामपसका चिफ डाइरेक्टर इश्वर पोखरेलले सम्पुर्ण विद्यार्थीहरुमाझ देशको लागि अतुलनीय योगदान दिने विर सहिदहरुले दिएको योगदानको बारे व्याख्या गर्नु भएको थियो।

राष्ट्रिय गान सङगै सुरु भएको कार्यकर्ममा सहिदहरुलाई सम्झिदै क्याम्पसका सम्पुर्ण विद्यार्थीहरु र शिक्षकहरुले १ मिनेट मोहनधारण गरेर सहिदहरुलाई श्रद्धा सुमन प्रकट गरेका थिए। मोहनधारणको क्रममा क्याम्पसका सम्पुर्ण बिद्यार्थी र शिक्षक शिक्षिकाहरुको उपस्तिथी रहेको थियो।