आजको राशिफल ।। साउन १३ गते शुक्रवार ।।

काठमाडौं,साउन,१३-आज विक्रम संवत २०७९ साल साउन महिनाको १३ गते शुक्रबार, (जुलाई २९ तारिख) साउन शुक्ल प्रतिपदा तिथी !!

आज साउन १३ गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन सौन्दर्यतामा धन खर्च हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ।यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन प्राविधिक काममा सफलता प्राप्त हुनेछ।प्रेमीको सहयोग प्राप्त हुनेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।चिन्ता छाडेर चिन्तन गर्ने समय छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन रमाइलो यात्राको योग रहेको छ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।प्रेममा मधुरता छाउनेछ।मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।श्रमको उचित मूल्याङ्कन हुनेछ।दाम्पत्य जीवन सुखमय हुनेछ।नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन मनमा निराशा र शरीरमा आलस्य आउला।अनावश्यक ठाउँमा धन खर्च होला, तर साँझमा शुभ समाचार पाइने र पैसा हात पर्नसक्छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।कार्य सम्पादनमा सहजता मिल्नेछ।आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन परिवारमा सुख सन्तोष छाउनेछ।सफल यात्राको योग छ।कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।शेयर बजारको लगानीले लाभ मिल्ला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ, तर पुँजी बजारको भने भर हुने छैन ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन लाभहानी माध्यम रहनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।वैदेशिक यात्राको योग पनि छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन मिठो बोलीले कार्य सम्पादन हुनेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।व्यापार व्यवसायमा सफलता मिल्नेछ।दिनको उत्तरार्ध सुखद् रहनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।समाजसेवामा मन लाग्नेछ।धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन लक्ष्मी प्रसन्न हुने योग छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ।प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ।राज्यबाट मान सम्मान पनि पाइनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल