जापान पूर्वी एसियाली फुटबल ई-वानको च्याम्पियनसिप

फाईल तस्विर : जे वान लिगको आधिकारिक फेसबुक पेजबाट!!

टोकियो,जापान,साउन,१२-जापान पूर्वी एसियाली फुटबल ई-वान २०२२ को च्याम्पियनसिप भएको छ ।

जापानको आईची केन स्थित टोयोटा रंगशालामा बुधबार भएको फाईनल खेलमा दक्षिण कोरियालाई ३-० गोलले हराउदै जापान च्याम्पियनसिप भएको थियो। 

जापानलाई जित दिलाउन खेलको दोस्रो हाफको ४९ औं मिनेटमा युकि सोमाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६३ औं मिनेटमा शो सासाकिले थप एक गोल गर्दै २-० को अग्रता बनाएका थिए । 

त्यसैगरी खेलको ७२ औं मिनेटमा सुटो माचिनोले गोल गर्दै जापानलाई ३-० गोल अन्तरले जित दिलाएका हुन्।जापान पूर्वी एसियाली फुटबल ई-वानको हाल सम्म २ पटक च्याम्पियनसिप भएको छ ।

यस्तै दक्षिण कोरियाले भने पूर्वी एसियाली फुटबल ई-वानको उपाधी ५ पटक जितेको थियो।पूर्वी एसियाली फुटबल ई-वान (EAFF E-1 Football 2022) मा जापान, दक्षिण कोरिया, चिन, हङकङले सहभागिता जनाएका थिए । 

पूर्वी एसियाली फुटबल ई-वान (EAFF E-1 Football) मा १० वटा राष्ट्रको संघले सदस्यता लिएका छन् । जसमा जापान, चिन, चाईनिज ताईपे, गुआम, हङकङ, उत्तर कोरिया, दक्षिण कोरिया, मकाउ, मगोंलीया, उत्तरी मारियाना आईल्यण्ड रहेका छन् ।