ला-लिगाको उपाधि रियाल मड्रिडलाई

फाईल : तस्विर

काठमाडौं,साउन,२-रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ।गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको हो ।

गएरातीको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । भियारियालका भिन्सेन्ट इबोराले एक गोल फर्काए ।यो जितसँगै रियालले सिजनमा एक खेल बाँकी छँदै ला लिगाको उपाधि पक्का गरेको हो । प्रशिक्षकको रुपमा जिनेदिन जिदानको यो दोस्रो लिग उपाधि हो ।

तीन वर्षको रियाल बसाईमा जिदानले टोलीलाई कुल ११ उपाधि दिलाएका छन् । रियालमा सर्वाधिक सफल खेलाडीमध्येका एक जिदानले अब आफुलाई सफल प्रशिक्षकको सूचीमा पनि दर्ता गराएका छन् ।

जिदानले रियाल मड्रिडलाई सरदर १९ खेलमा एक उपाधि दिलाएका छन् । रियाल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

कोरोना भाइरसको महामारीपछि गत जुन महिनामा पुनः सुरु भएको ला लिगामा रियालले लगातार १० खेलमा जित निकालेको छ ।

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा बार्सिलोनालाई ओसासुनाले २–१ ले पराजित भयो ।ला लिगामा एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियाल मड्रिडको ८६ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ । एजेन्सी