घरको नक्सा बनाएको पारिश्रमिक ५ हजारभन्दा बढी लिए नगरपालिकाले कारवाही गर्ने

सिर्जना बर्देवा/
ओखलढुंगा, माघ,२३-
सिद्धिचरण नगरपालिकाले सेवाग्राहीसँग घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिने कन्सल्टेन्सीलाई कारवाही गर्ने भएको छ । सेवाग्राहीसँग मनपरि रकम लिएको गुनासो आएपछि निजी कन्सल्टेन्सीहरुले लिने रकम निर्धारण गरेको हो ।

भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन सजग गराइएको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा दर्ता गरेर सञ्चालित कन्सल्टेन्सीहरुलाई नगरपालिकाले दर निर्धारण नै गरेर बढी लिए अनुगमन गरेर कारवाही गर्ने जानकारी दिइएको छ । नगरपालिकाले आन्तरिक स्रोत बृद्धि गर्न एकिकृत सम्पति कर लागु गर्ने तयारी पनि गरेको छ ।