भारत–नेपाल रक्षा समझदारी निकै महत्वपूर्ण छ: मोदी

भविश्यमा बहुमत आए संविधान संशोधन हुन्छ : देउवा

नयाँ दिल्ली, भदौ ८-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सुरक्षासम्बन्धी आपसी समझदारी निकै महत्वपूर्ण भएको बताउनु भएको छ । हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतबीचको सुरक्षा हित आपसमा निर्भर रहेको बताउनु भएको हो ।भारत र नेपालको रक्षा हित आपसमा निर्भर रहेको बताए पनि मोदीले जारी दोक्लम विवादबारे औपाचारिक रुपमा भने केही बताउनु भएन ।

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

मोदीले दुवै देशको नियति एकआपसमा जोडिएको उल्लेख गर्दै नेपालको शान्ति र समृद्धिको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।मोदीले स्थानीय चुनाव सफल भएकोमा पनि नेपाललाई बधाइ दिनुभयो। तर नेपालका सबै वर्गको मागलाई समेटेर अघि बढ्ने विश्वास पनि उहाँलेले व्यक्त गर्नुभयो ।

नेपाललाई सबै क्षेत्रमा भारतको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यासमा आफूलाई निमन्त्रणा दिएकोमा पनि देउवालाई धन्यवाद दिनुभयो ।उहाँले पञ्चेश्वरलगायतका योजनालाई तीव्रता दिन हरसम्भव कोशिस गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यसैविच : प्रधानमन्त्री शेरबहादुर देउवाले भने फेरी पनी भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान संशोधन गर्ने बचन दिनु भएको छ ।दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उहाँले भन्नुभयो ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।

उहाँले संविधान संशोधन नभए पनि राजपासहितका दल चुनावमा जाने बताउनुभयो ।यसअघि देउवा र मोदीबीच हैदरावाद हाउसमै ‘वान टु वान’ वार्ता भएको थियो। दुई नेताबीचको एक्लाएक्लै वार्तापछि परराष्ट्रमन्त्री, राजदूतसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो।

त्यसैगरी : सुनसरी जिल्लाको कुशाहामा स्टेशन रहेको कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारण लाइनकोे प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसंयुक्त रुपमा उदघाटन गर्नु भएको छ ।हैदराबाद हाउसबाटै आज दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको पउदघाटन गर्नु भएको हो ।

कटैया–कुशाहा प्रसारण लाइनकोे उद्घाटन गर्दै नेपाल र भारतका प्रधानमन्त्री

यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ ।कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन ।

यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइन २ सय २० केभीमा चार्ज गर्नका लागि अहिले तयारी भइरहेको छ ।