खोटाङको विद्यालयमा ई–हाजिरीको व्यवस्था

सिर्जना बर्देवा/
ओखलढुंगा, माघ,२३-

खोटाङको रावाबेँसी गाउँपालिकाका ७ माध्यमिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ ।विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ई–हाजिरीको व्यवस्था लागू गरिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो ।

गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी मावि डुम्रेधारापानीमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । गाउँपालिका भित्रका अन्य विद्यालयमा पनि क्रमशः विद्युतीय हाजिरीको व्यवस्था मिलाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।