कहाँ हरायौ बोलको गित बजार भरी चर्चामा (भिडीयो सहित)

काठमाण्डौं,माघ,२४-

छोटो समयमा नै नेपाली लोक दोहोरी गित संगितमा चर्चामा आएका शैलेन्द्र राज भण्डारी शलु र दशरथ हिरोजको फेरी नयाँ दोस्रो लोक दोहोरी एल्बम “कहाँ हरायौ “ बोलको गितको भिडीयो बजारमा आएको छ । 

केहि साता अघी मात्र आशिष म्यूजीक प्रा.लीद्वारा यूटुब मार्फत उक्त गितको भिडीयो सार्बजनीक भएको हो ।गितले अहिले बजार भरी छोटो समयमा नै सबैको मन मस्तिष्कमा रहि चर्चा कमाउन सफल भएको छ ।

द्वय शैलेन्द्र राज भण्डारी शलु र दशरथ हिरोजको शब्द संकलनमा रहेको उक्त गितमा चर्चीत लोक दोहोरी गायक खुमन अधीकारी र पार्वती स्त्रीको स्वर रहेको छ, भने  लय खुमन अधीकारीको रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त गितको अभिनयमा दशरथ हिरोज र अस्मीता मगरले गरेका छन् ।यस्तै  उक्त गितको छायाँङ्कन राजेश घिमिरेले गरेका हुन्, भने सम्पादक विष्णु शर्मा रहेका छन् ।

पहिलो एल्बम बाट सबै नेपालीको मन जित्न सफल भएकै कारण आफुलाई गित संगित प्रती थप उत्साह जगाएको शैलेन्द्र राज भण्डारी शलुले बताउनु भएको छ । उहाँले  आफ्नो पहिलो एल्बमको सफलताकै कारण फेरी दोस्रो एल्बम “कहाँ हरायौ” बोलको गित बजारमा ल्याएकोले, यो गित सबैले मन पराई हेरिदिन र सुनीदिनुहुन्छ, भन्नेमा आफु आशावादी रहेको बताउनु भएको छ ।

उक्त गितमा पछिल्लो समय माया प्रेममा देखिएका उतार चढाबलाई गित मार्फत जस्ताको त्यस्तै दर्शाउन खोजीएको छ । 

“समयले हामीलाई टाढा बनायो, त्यसैले जति खेर पनि म तिम्रै हुँ, मायाको को खोजिमा मा छु त्यसैले “ जस्ता मर्म स्पर्शी शब्द रहेको उक्त गितले देश विदेशमा रहेका सबै नेपालीको मन जित्दै नेपाली गित संगितमा सधैं चर्चा कमाउन सफल रहोस् ।

हाम्रो बिहानी आनलाईन डटकम परिवारको तर्फबाट हार्दिक शुभकामना छ ।

( भिडीयो हेर्न तल क्लिक गर्नुहोस्)