सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै

नेपालगन्ज,असार, ८-


रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ।

मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ।


चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

दिपक मनाङ्गे र अ देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको प्रस्तुतकर्ता भने श्याम बहादुर थापा रहेका छन।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई शिव ढकालले छायांकन गरेका छन। त्यस्तै चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेले मिठो संगीत भरेका छन। कविराज गहतराज, रामजी लामिछाने र राहुल शाहको उक्त चलचित्रमा कोरियोग्राफी रहेको छ ।