‘गलबन्दी’ विवाद मिल्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति

काठमाण्डौं,असार,११-

पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गित ‘गलबन्दी’ बारे विवाद उत्पन्न भएको थियो । आफ्नो लय सिर्जना चोरी गरेको आरोपमा गायक तथा सर्जक शम्भु राईले असन्तुष्टी जनाउदै आउनु भएको थियो । 

यस विषयले सामाजीक सन्जालमा निकै भाईरल बनी सकेको थियो ।आज बुधबार सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा गरिएको छलफलपछि गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ ।

सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिनु हुने भएको छ ।

गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच भएको सहमति यस्तो रहेको छ हेर्नुहोस् ।

 

‘गलबन्दी’ गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ।