आजको राशिफल ।। साउन २२ गते आईतवार ।।

काठमाडौं,साउन,२२-आज विक्रम संवत २०७९ साल साउन महिनाको २२ गते आईतवार, (अगष्ट ७ तारिख) साउन शुक्ल दशमी तिथी !!

आज साउन २२ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन मन खिन्न हुने स्थिति आउनेछ।कार्य सम्पादनमा सहजता नमिल्ला।जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ।आँटेको र ताकेको कार्य बिस्तारै पुरा होला। आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ।धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन श्रमको उचित मूल्याङ्कन हुनेछ।मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।कला र गलाको प्रभाव बढ्नेछ।शुभ समाचार पनि सुन्न पाइएला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन मन सम्हाल्न आवश्यक हुनेछ।दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ।शेयर बजारमा पनि उतारचढाव आउन सक्छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ।आँटेको र ताकेको कार्य पुरा होला।महिला वर्गबाट सहयोग पनि मिल्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन अरुलाई प्रभावित पारेर काम बन्नेछ।चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ ।आय आर्जनका क्षेत्रमा सुधार आउनेछ।पठनपाठनमा प्रगति हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन इनाम र प्रतिष्ठा कमाउने बेला छ।परिवारमा सुख सन्तोष छाउनेछ।अधुरो काम बन्नेछ।धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन समय मध्यम खालको छ। आम्दानीको तुलनामा खर्च बढ्नेछ, तर घर परिवारका सदस्यहरूसँग सम्बन्ध सकारात्मक हुनेछन्।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।प्रेमीको सहयोग प्राप्त हुनेछ।छोटो यात्रा पनि होला।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ।बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ।अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सामाजिक प्रसिद्धि प्राप्त हुनेछ।विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ।सवारी साधनको खरिद बिक्री हुने योग छ।लामो यात्रा सुखद् र सफल हुनेछ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल