एएफसी यू-२०छनोट: नेपालले आज कतारसँग खेल्ने

खेल नेपाली समय अनुसार राती ११:४५ बजे सुरु हुने

कतारविरुद्ध खेल्दै नेपालकाठमाडौं,भदौ,२७-बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।

 

कतारविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको थियो ।

यता, कतार भने नेपाललाई हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । त्यसैले बलियो टोली कतारविरुद्ध नेपाललाई सहज हुनेछैन ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल र कतारले अंक जोड्न सकेको छैन । नेपाल पुछारमा रहदा कतार चौंथो स्थानमा रहेको छ ।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश छन्।

नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।खेलपाटीबाट