पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

काठमाडौ,असार,२५-पूर्व माओवादी नेता एवं वर्तमान नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।

गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा दर्ता खारेजीको निवेदन निवेदन दिएका थिए । निवेदनका विषयमा के कति प्रक्रिया अघि बढ्यो भन्ने विषयमा बुझ्न नेताहरू आयोग पुगेका हुन् ।

रायमाझीसहित एमाले स्थायी कमिटी सदस्य मणि थापा, केन्द्रीय सदस्य प्रभु साह, गौरीशंकर थारु लगायत नेताहरू आयोग पुगेका हुन ।