मिस ईण्डीया वल्डको उपाधी मञ्जु थापा मगरलाई

काठमाण्डौं,कात्तिक ९- 

भारतमा हुने विभिन्न प्रतियोगिता र रियालिटी शोहरुमा नेपालीहरुले उपाधि हात पार्दै आएका छन् । अहिले एउटा सुन्दरी प्रतियोगितामा नेपाली मुलकी भारतीय चेलीले उपाधि पाएकी छन् ।

हिजो बिहिबार अर्थात २४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् ।

भारतको सिलुगडीमा बस्तै आए पनी नेपाली मुलकी भएकोले अहिले उनको चर्चा चुलिएको छ । यसअघि उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् । उक्त प्रतियाेगिता वल्ड प्लानेटले अायाेजना गरेकाे हाे ।