नेपालले बुधबार माल्दिभ्स संग फाईनल खेल्ने

काठमाडौं,कार्तीक,२६-

नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो ।

यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।अब नेपालले अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानहासिलका लागि प्रतिस्पर्धा गर्नेछन् ।