डा. केसीले गरे अनसन स्थगित

काठमाडौं,कार्तिक,२६-

डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गर्नु भएको छ।राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उहाँ डडेलधुरा पुगेर अनसन बस्नु भएको थियो ।

यद्यपि, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाइँ जारी रहने भन्दै माग पूरा नभए पनि आन्दोलनमा उत्रिने चेतावनी पनि डा. केसीले विज्ञप्ती मार्फत दिनु भएको थियो ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने अनसन स्थगनको आधिकारिक जानकारी आफूलाई नआएको बताउनुभयो ।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समचारले आफू स्तब्ध भएको उहाँले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।