नेपाली काँग्रेस अरु पार्टी जस्तो झुटको प्रचार नगर्ने पाटी भएको नेता बडुवालको भनाई

चुनावी प्रचार प्रसार भेला नुवाकोटमा सम्पन्न

रमित बि.क,

बाजुरा,जेठ,२०-

नेपाली काँग्रेस बडिमालिका नगरकार्य समितिका सभापति एवं मेयरका उम्मेदवार पदम बडुवालले नेपाली काँग्रेस अरु पार्टी जस्तो झुटको प्रचार नगर्ने पाटी भएको बताउनुभएको छ ।

आज बडिमालिका नगरपालिका १ नुवाकोटमा आयोजना गरिएको चुनावी प्रचार प्रसार भेलाको संबोधन गदै उहाँले जनतालाई सही बोल्ने र नेपाली काँग्रेस महिला,दलित र जनजाती सबैको पार्टी भएकाले सबैलाई अटाएर लग्ने पार्टी भएको बताउनुभएको छ ।

२०६४ सालमा नेपाली काँग्रेस बाजुराले दलित अगुवा महा नेपालीलाई बाजुरामा पहिलो साँसद बनाउने पार्टी पनि नेपाली काँग्रेस नै भएकाले दलित दाजुभाई दिदी बहिनीले मर्म भाव बुझेर नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्ने आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसको जीत सुनिश्चित भएको र अवको ५ बर्ष भित्र नेपाली काँग्रेसले ९ वटै वडामा सडक पुर्याउनुका साथै सामुदायिक बिद्यालयलाई व्यवसायिक शिक्षा सिर्जना गरी गुणस्तरमा बृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार कविता बिष्टले महिलाको दुःख,कष्ट,हिंसा खेप्नुपर्ने भएकाले ती समस्याको समाधानका लागी जागिर छोडेर राजनितिकमा होमिएकोले सम्पूर्ण आमाबुबा दाजुभाई दिदी बहिनी,दलित,युवाले रुखमा चिन्हमा मतदान गर्ने अनुरोध गर्नुभएको छ ।

नेपाली काँग्रेस बडिमालिका नगरपालिका वडा नं. १ का वडा कार्य समितिका सदस्य आनन्द चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली काँग्रेस बडिमालिका नगरकार्य समितिका सभापति एवं मेयरका उम्मेदवार पदम बडुवाल,उपमेयर कविता बिष्ट,नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह,नेताहरु दान बहादुर खत्री,रघुनाथ जोशी,बिश्वराज पण्डित,कष्ृणराज उपाध्याय,हिमा बि.क.लगायत २०० बढीको सहभागिता रहेको प्रशान्तराज जोशीले जानकारी दिनुभएको छ ।

उता नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित नेतृत्वको टोली आज नै जुगाडाको भौनेरा र माझीगाउँ हुदैँ नुवाकोट पुगेको बताईएको छ । टोलीमा नेपाली काँग्रेस पूर्व पार्टी सचिव धनराज पण्डित,महिला संघ केन्द्रिय सदस्य जुना दानी लगायतको टोली भोली हुने पिनालेख,पाटा र सल्लेनाको चुनावी सभामा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको नेपाली काँग्रेस वडा नं.१ का वडा अध्यक्षका उम्मेदवार राम बहादुर कार्कीले बताउनुभएको छ ।

यसैबीच बडिमालिका नगरपालिका वडा नं.८ का वडा अध्यक्षका युवा र सबै भन्दा कान्छा उम्मेदवार प्रकाश रावल नेतृत्वको टोली आज बाउली,गडखेत र मार्तडी बजारका केही टोलमा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।

प्रचार कार्यक्रममा बोल्दै युवा नेता तथा उम्मेदवार रावलले मार्तडीको बजारको सडक विस्तार,फोहोर महिला व्यवस्थापन,गाउँमा रहेका गरिव,जेहेनदार बिद्यार्थीहरुका लागी छात्रबृद्धिको व्यवस्था गर्ने र बृद्धबृद्धाका लागी बृद्धआश्रमको निमार्ण गर्ने बचन दिनुभएको छ ।

आफु पनि युवा नै भएकोले युवा उद्यमको लागी खाँडीमुलुकमा रहेका युवाहरुका लागी बाजुरामै रोजगारी सिर्जना गर्नेका लागी उद्योगहरु सञ्चालन गर्ने बताउनुभएको छ ।

युवा नै विकास निमार्णका खम्बा भएकाले एक चोटी नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरी आफुलाई जिताउन सबैलाई अपिल गर्नुभएको छ । प्रचार कार्यक्रम २०० बढी युवा नेताहरुको सहभागिता रहेको थियो ।