नेपाली काँग्रेसले बनायो सबैभन्दा कान्छा उम्मेदवार

सजिलै परिचालन गर्न सक्ने खुबीको कारण उम्मेदवार बनाएको काँग्रेसको भनाई

रमित बि.क.

बाजुरा,जेष्ठ,२०-

नेपाली काँग्रेसले २१ वर्षका युवकलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । बडिमालिका नगरपालिका ८ मा प्रकाश रावललाई काँग्रेसले वडा अध्यक्षकोउम्मेदवार बनाएको हो । रावल बाहेक काँग्रेसले अरु सबै ३० कटेका मात्र उठेकाछन् ।

युवाहरु माझको लोकप्रीय र कार्यकर्तालाई सजिलै परिचालन गर्न सक्ने खुबी भएका कारण रावललाई उम्मेदवार बनाएको काँग्रेसले बताएको छ । रावलले एमालेबाट शिक्षकको स्थायी जागिर छोडेर उम्मेदवार दिएका दलबहादुर थापासँगप्रतिस्पर्धा गर्ने छ । रावललाई नेपाली काँग्रेसले कलिलो उमेरकै रावललाई पत्याएको छ ।

रावल काँग्रेस भित्रका मात्र नभई जिल्लामै सबैभन्दा कान्छा उम्मेदवार हुन् । भने बडिमालिका नगरपालिकाको उपमेयरमा भने एमालेले गीता रावललाई २२ वर्षको उमेरमा उम्मेदवार बनाएको छ । रावलको वडामा काँग्रेस जिल्ला कार्य समिति सदस्य देखि पूर्व सहसचिव समेत छन् । तर काँग्रेस नेतृत्वले उनलाई प्रत्याएको छ ।

वडामा काँग्रेसको पडक कमजोर भएपनि रावलले जित्ने दाबी गरेका छन् । युवा जति साथमा छन् । सानै उमेरमा केही गर्ने जोश सहीत राजनीतिमा छिरेको छु, विश्वास छ, मेरो जित सुनिश्चित हुन्छ रावललेको भनाई छ ।

रावलले राज्यले प्रदान गर्ने कुनै सेवा सुविधा नलिने बताएका छन् । सदरमुकाम भित्रको फोहर मैला व्यवस्थापन र व्यवस्थीत बजार निर्माणर गरिब तथा विपन्न समुदायका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउनु पहिलो काम हुने रावलले बताउनु भएको छ ।