एमाले र माओवादीका तीन सांसद कांग्रेसमा प्रवेश

काठमाण्डौं,कार्त्तीक,१४-

एमाले र माओवादीका तीन पूर्वसांसद कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट एमालेबाट जितेका सांसद मोहनसिंह राठौर, माओवादी केन्द्रबाट सर्लाही २ बाट जितेका शम्भुलाल श्रेष्ठ कांग्रेसका प्रवेश गरेका हुन् ।

दुवै पूर्वसांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् । एमालेबाट सांसद बनेकी रविना चौधरी पनि कांग्रेस प्रवेश गरेकी छिन् । सांसदहरुलाई सभापति देउवाले पार्टीको सदस्यता दिंदै कांग्रेसमा प्रवेश गराएका छन् ।