वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

काठमाडौं,असोज,१९-

स्वर्गीय : वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्य

वरिष्ठ सञ्चारकर्मी एवं न्युज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन भएको छ।आज (आइतबार) बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नेपाल पत्रकार महासंघ न्युज २४ शाखाका अध्यक्ष प्रदीपराज दाहालले जानकारी दिनुक़्सों ।

‘कलेजो फेल भएर उहाँको निधन भएको हो,’ दाहालले भने, ‘उहाँ ६१ वर्षको हुनुहुन्थ्यो।’ दाहालका अनुसार सञ्चारकर्मी आचार्य एक महिनादेखि ढाडको समस्याले पीडित हुनुहुन्थ्यो ।दुई हप्ताअघि वीर अस्पतालमा ढाडको उपचार गरी घर फर्किएका आचार्य कलेजोमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको न्युज २४ का पत्रकार दाहालले बताउनुभयो ।दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिनुभयो ।पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उहाँका श्रीमती, एक छोरी छन्।