बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

काठमाण्डाैं,जेठ, १८-

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिको आह्वानसँगै अाजदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले

नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।’

संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आह्वान भएको हो ।

विद्यादेवी भण्डारीले सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएसँगै देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ ।

सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति भण्डारीले दिएको सात दिनको समयसीमा हिजाे रातीबाट सकिएको थियो।